(१) जिल्ला स्तरमा असमर्थ व्यक्तिलाई कानूनी सहायता उपलब्ध गराउन तथा असमर्थ व्यक्तिलाई कानूनी सहायता उपलब्ध गराउने कानून व्यवसायीहरुको सूची तयार गर्ने काम समेतको लागि प्रत्येक जिल्लामा देहाय बमोजिमका सदस्यहरु रहेको जिल्ला कानूनी सहायता समिति गठन हुनेछः–
(क) पुनरावेदन अदालत रहेको जिल्लामा पुनरावेदन सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता वा सो नभएको जिल्लाहरुमा जिल्लान्यायाधिवक्ता – अध्यक्ष
(ख) जिल्लास्थित बार एशोसिएशनका इकाईहरुमध्ये माथिल्लो इकाईको अध्यक्ष – सदस्य
तर काठमाण्डौ जिल्लाको हकमा जिल्ला बार एशोसिएशनको अध्यक्ष सदस्य हुनेछ ।
(ग) जिल्लाका कानून व्यवसायीहरुमध्ये जिल्ला समितिबाट मनोनीत दुई जना कानून व्यवसायी – सदस्य
(घ) जिल्लास्थित बार एशोसिएशनका इकाईहरुमध्ये माथिल्लो इकाईको सचिव – सदस्य–सचिव
तर काठमाण्डौ जिल्लाको हकमा जिल्ला बार एशोसिएशनको सचिव सदस्य सचिव हुनेछ ।
(२) उपदफा (१) को खण्ड (ग) बमोजिमका सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ ।
(३) जिल्ला समितिको अन्य काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।